काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षा हुने

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ । कोसी र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

“काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,” मौसमविद् रोजन लामिछाने भने ।

आजभन्दा भोलिलाई वर्षाको सम्भावना धेरै रहेको उनले जानकारी दिए । भोलि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । “आजभन्दा भोलि वर्षाको सम्भावना धेरै छ,” मौसमविद् लामिछानेले भने, “पर्सि (शुक्रबार)लाई पनि वर्षाको सम्भावना छ । शुक्रबार दिउँसोभन्दा बिहानको राति बढी वर्षाको सम्भावना छ ।”

पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षाको सम्भावना रहेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित